Nepal Times
Nepal Times
3
Shares

देउवाले तीन दललाई छलफलका लागि बोलाए

देउवाले तीन दललाई छलफलका लागि बोलाए

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक आह्वान गरेका छन् ।

शुक्रबार अपरान्ह ३ बजे देउवाको निवास बुढानिलकण्ठमा वैठक बस्नेगरी एमालेबाहेकका अरु मुख्य दललाई बोलाइएको हो । देउवाले कांग्रेससहित नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई वैठकमा बोलाएका हुन् । यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकारमा जाने निर्णय गरेपनि राजनीतिक समिकरण बनेको छैन ।

नयाँ सरकार गठनका विषयमा वैठकमा छलफल हुने बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.