Nepal Times
Nepal Times
3
Shares

देशभर ६८० पत्रकारमा संक्रमण पुष्टि, २६० सक्रिय संक्रमित

देशभर ६८० पत्रकारमा संक्रमण पुष्टि, २६० सक्रिय संक्रमित

२५ वैशाख, विराटनगर ।
कोरोनाभाइरसबाट देशभरका ६८० पत्रकारहरु संक्रमित भएका छन् ।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।

प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।

संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ। ५ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।

पुरीका अनुसार कोरोनाको पहिलो लहरमा देशभर ३०० पत्रकार संक्रमित रहेका थिए। जसमध्ये ५ जनाको मृत्यु भएको थियो। दोस्रो लहरमा २ जना पत्रकारको मृत्यु भइसकेको छ।

दोस्रो लहरमा कोरोनाबाट पत्रकार थप जोखिममा रहेको उनले बताए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.