Nepal Times
Nepal Times
3
Shares

धरानमा हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

धरानमा हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित

२६ कात्तिक, विराटनगर ।
प्रदेश १ सरकारले धरानमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव स्थगित भएको छ। मंगलबार प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै महोत्सव स्थगित भएको जानकारी गराएको छ।

उपनिर्वाचनका लागि धरानमा पनि आचारसंहिता लागु भएकाले महोत्सव स्थगित गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। प्रदेश १ सरकारले कात्तिक २९ देखि मंसिर २ को लागि धरानमा चलचित्र महोत्सव गर्ने तय गरेको थियो। धरानको मेयरका लागि मंसिर १४ गते मतदान हुँदैछ।

विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नम्बर १ सरकारको आयोजनामा यही कात्तिक २९ देखि मंसिर २ को लागि धरानमा तय गरिएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिका क्षेत्रमासमेत लागु हुने भएको कारण हाललाई स्थगित गरिएको व्यहोरा सबैको जानकारी लागि अनुरोध छ ।’

तत्कालका लागि स्थगित भएको महोत्सव नयाँ मिति तय भएपछि हुने विज्ञप्तिमा उल्लेख छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.