Nepal Times
Nepal Times
3
Shares

नयाँ प्रकारको कोरोना संक्रमणका कारण यो वर्ष झन् कठिन हुने डब्लुएचओको चेतावनी

नयाँ प्रकारको कोरोना संक्रमणका कारण यो वर्ष झन् कठिन हुने डब्लुएचओको चेतावनी

४ माघ, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको नयाँ प्रकारका कारण यो वर्ष झन् कठिन हुने चेतावनी दिएको छ । डब्ल्यूएचओले सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको हो ।

कोरोना भाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको पनि डब्ल्यूएचओले जनाएको छ । बेलायतमा देखा परेको उच्च सङ्क्रामक क्षमताको भाइरस ५० देश र क्षेत्रहरूमा फैलिसकेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरस अरू २० देशमा फैलिसकेको छ ।

जापानमा पनि नयाँ प्रकारको भाइरसले थप चिन्ता बढाएको बीबीसीले जनाएको छ । जापानमा चार जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण पहिचान भएको छ । तर उनीहरू ब्राजिलमा सङ्क्रमित भएको अनुमान छ । नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा पहिलोभन्दा सङ्क्रामक क्षमता हुनु र मानिसको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन थप सहज हुनुलाई लिइएको छ ।

डब्ल्यूएचओले कोरोना भाइरसको सङ्क्रमण रोक्न गरिएका प्रयास र स्वास्थ्य सावधानीको पालना गर्न तथा थप सजगता अपनाउनुपर्नेमा जोड दिएको छ । स्वास्थ्य विज्ञहरूले अहिले विकसित भएका खोपहरू कोरोना भाइरसका नयाँ प्रकारविरुद्ध पनि उत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.