Nepal Times
Nepal Times
3
Shares

नलैजाऔं ‘कोरोना कोसेली’

नलैजाऔं ‘कोरोना कोसेली’

काठमाडाैँ : चाडपर्वमा मान्छेको मोबिलिटी बढेको छ। काठमाडौंलगायत सहरबाट मानिसहरू गाउँ जाँदा संक्रमण पनि अब गाउँमा फैलिने सम्भावना बढी छ’, डा. वन्त भन्छन्, ‘गाउँ मात्रै होइन, सहरभित्रै पनि अझै फैलिने चिन्ता र सम्भावना उत्तिकै छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा.अनुप बाँस्तोला दसैंपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्ने अनुमान गर्छन्। ‘जहाँ छौं त्यहीं नै दसैं मानौं भन्ने सरकारको अनुरोधलाई नमानेर गाउँ जाने संख्या बढेको देखिन्छ’, डा. बाँस्तोला भन्छन्, ‘यसले गाउँमा पनि संक्रमण फैलने उच्च सम्भावना छ। दसैँपछिका दुई–तीन सातामा संक्रमण देखिन थाल्छ।’ संक्रमण अझै भयावह स्थितितर्फ जाने सम्भावना रहेकाले सबै जनाले सचेततापूर्वक रोकथाममा ध्यान दिनुपर्ने उनको भनाइ छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवका अनुसार अहिले काठमाडांैबाट बाहिरिने यात्रुको संख्या सरदर दैनिक २३ हजार छ। फूलपातीदेखि कार्यालय बिदा भएपछि यो संख्या अझै थपिने एसपी यादव बताउँछन् । तथ्यांकअनुसार जाने मात्रै होइन, बाहिरबाट भित्रिनेको संख्या पनि उस्तै छ।

डा. वन्त अब संक्रमण रोकथाम र संक्रमितको उपचार÷व्यवस्थापन दुई उपाय रहेको बताउँछन्। ‘संक्रमणलाई नियन्त्रण गर्ने दुई पाटो छ’, उनी भन्छन्, ‘संक्रमणको रोकथाम र संक्रमितको व्यवस्थापन। तर, अहिले दुवै कुरामा हामी चुक्यौं। संक्रमण रोकथामका लागि आमनागरिक र सरकार दुवैको भूमिका हुन्छ। अझ महŒवपूर्ण भूमिका आमनागरिकको हुन्छ। तर, संक्रमितको व्यवस्थापनको चरणमा गएपछि त्यसमा बढी भूमिका सरकारको हुन्छ। किनकि व्यवस्थापनका लागि नागरिक आफैंले अस्पताल बनाउने कुरा हुँदैन।’ संक्रमण रोकथाम गर्न नसके स्थिति योभन्दा विकराल हुँदै जाने उनको अनुमान छ।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.