Nepal Times
Nepal Times
3
Shares

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो

नायिका शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो

२७ कार्तिक, काठमाडौं । बहुबिबाहको मुद्धामा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरेको हो । सिनेमा निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै उजुरी हालेकी थिइन् ।

नायिका पोखरेलको निवेदन खारेज भएसँगै उनलाई पक्राउ गर्ने बाटो भने खुलेको छ । हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो ।

जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन् । गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो ।

सो आदेशविरूद्ध उनले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । त्यसपछि अदालतले भदौ १ गते पक्राउ नगर्न अन्तिम आदेश दिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.