Nepal Times
Nepal Times
3
Shares

निखिल उप्रेती भन्छन् – ‘अब कसैसँग झुक्न छाडौँ’

निखिल उप्रेती भन्छन् – ‘अब कसैसँग झुक्न छाडौँ’

१० जेठ, काठमाडौँ ।
नेपालले विवादित नेपाली भूभाग लिम्पियाधुरा लिपुलेक सहितको नक्सा सार्वजनिक गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ । नेपालीहरुले यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठाईरहेका छन् । नेपाल सरकारले आफ्नो भूमि कुनै हालतमा पनि अर्काको कब्जामा पर्न नदिने भनी नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतीय मिडिया, सरोकारवाला निकाय र जनता समेत रुष्ट बनेका छन् ।

योसँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक र ऐतिहासिक कदम चालेको बताएका छन् । उनले यसमा सबैले साथ दिनु पर्ने जनाएका छन् । उनले हरेक काममा भारतसँग निर्भर हुने प्रवृत्तिले भारतले हद पार गरेको र हेपिनेले धेरै ठाउँ दिएपछि हेप्नेले सीमा काट्नु सामान्य भएको बताएका छन्

उनले अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । उनले आजको दिनमा समेत केही नेताहरूले भारतकै गुलामी गरिरहेको र आगामी दिनमा उनीहरूलाई शक्तिबाट हटाउनु पर्ने साथमा हरेक नेपाली आत्मनिर्भर हुन आवश्यक रहेको उल्लेख गरेका छन् । निखिलले भने–‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ ।’

निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन् । नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ ।’ निखिलले आफ्ना सन्ततीहरुलाई पनि स्भाविमान बन्ने बाटोतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.