Nepal Times
Nepal Times
3
Shares

निजी आवासमा ९३ प्रतिशत प्रगति

निजी आवासमा ९३ प्रतिशत प्रगति

१० बैशाख, काठमाडौ । भूकम्पपछिका ६ वर्षमा निजी आवासमा ९३ प्रतिशत प्रगति भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार लाभग्राहीमध्ये घर निर्माण गर्नेहरुको सङ्ख्या ७ लाख ५३ हजार अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ ।

यसै आर्थिक वर्षभित्र निजी आवासको काम सम्पन्न गर्ने लक्ष्य रहेको पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

भूकम्पपछि २ सय ९९ वटा असुरक्षित ठाउँमा रहेका ४ हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था भएको छ । त्यस्तै १२ हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण बनेको प्राधिकरणको तथ्याङ्क छ ।

क्षतिग्रस्त ९ सय २० सम्पदामध्ये ४ सय ९३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ । अहिले २ सय ८८ वटा पुनर्निर्माण भइरहेका छन् ।

धरहरा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । आउँदो साउन १ गतेदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दिपको दरबार पुनर्निर्माणबाहेक सबै योजना तथा कार्यक्रमहरु सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तयार भइसकेको प्राधिकरणले जनाएको छ ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पले क्षति गरेका आधारभूत संरचनाको पुनर्निर्माण यसै आर्थिक वर्षभित्र र बाँकी रहेका कामहरु सम्बन्धित निकायलाई हस्तान्तरण योजना रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

कोरोना महामारीका कारण देखा परेका जोखिमको व्यवस्थापन गरी पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा सन्तोषजनक उपलब्धि हासिल गरेको पनि उनको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.