Nepal Times
Nepal Times
3
Shares

निषेधाज्ञाले विभिन्न ठाँउमा फसेका पर्यटकको उद्धार गर्न सञ्चार सेल गठन

निषेधाज्ञाले विभिन्न ठाँउमा फसेका पर्यटकको उद्धार गर्न सञ्चार सेल गठन

२३ वैशाख, काठमाडौँ । निषेधाज्ञापछि मुलुकका विभिन्न भेगमा फसेका पर्यटकको उद्धार र समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन भएको छ ।

नेपाल पर्यटन बोर्डले यस्तो संयन्त्र सक्रिय बनाएको हो । यसअघि लकडाउनको समयमा समेत बोर्डले नेपालमा फसेका पर्यटकको उद्धार सोही संयन्त्रमार्फत गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले देशका विभिन्न भागमा निषेधाज्ञा घोषणा गरेको छ ।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने भएको हो ।

सोही बमोजिम बोर्डले बुधबार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाडौं ल्याएको छ ।

बोर्डको तथ्यांक अनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २१ वैशाखको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको समेत जनाइएको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा सूचना गर्न सकुन भनेर हटलाइन, मेल तथा वेव Hotline :- 9851252666,Email :- [email protected] सञ्चालनमा ल्याएको समेत जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.