Nepal Times
Nepal Times
3
Shares

निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत

निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत

१८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका क्रममा निषेध गरिएका सेवा तथा व्यवसाय अझै १५ दिन यथावत सञ्‍चालन गर्न नहुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनसम्म यसअघिको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आउँदो १५ दिनको सङक्रमण अवस्था हेरेर थप निर्णय गरिने बताए ।

उनले अझै १५ दिन बन्द रहने सेवामा सिनेमा हल तथा रात्रिकालीन व्यवसाय रहेको बताए । धेरै मानिस जम्मा हुने स्थान र जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुने सेवा तथा व्यवसाय अझै १५ दिनसम्म बन्द गर्नुपर्ने उनले बताए ।

प्रवक्ता गौतमका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, घेराउ जस्ता कार्यक्रम गर्न पाइने छैन । विद्यालय खोल्ने हकमा थोरै विद्यार्थी भएका ठाउँबाट स्थानीय तहबाट स्वीकृति लिई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्नेछ ।

यसका लागि स्वास्थ्य सेवा विभाग सँगको समन्वयमा निर्णय गरी सीसीएमसीलाई पठाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको प्रवक्ता गौतमले बताए ।

डा. गौतमले अझै १५ दिन नखोल्न भनिएका सेवा तथा व्यवसायलाई कडाइसाथ बन्द गरी निर्देशन पालना गर्न आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.