Nepal Times
Nepal Times
3
Shares

नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित

नेकपाको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित

११ कात्तिक, काठमाडौँ । सत्तारुढ नेकपाले दसैंका अवसरमा आयोजना गर्दै आएको ’शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेको र सरकारले भीडभाड नगर्न भनेर गरेको आग्रहअनुसार चियापान कार्यक्रम स्थगित गरिएको नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.