Nepal Times
Nepal Times
3
Shares

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी

नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा जारी

१० वैशाख, काठमाडौँ । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । आजको बैठकमा नेता माधव नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे निर्णय गर्ने तयारी छ ।

गएको ६ वैशाखको बैठकबाट निर्णय गराएर अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल सहित २७ संघीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

यसबाहेक नेताहरुको कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकारलगायतबारे छलफल गर्ने कार्यसूची तय भएको छ ।

यो बैठकमा एमालेको माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.