Nepal Times
Nepal Times
3
Shares

नेकपा मोरङको चियापानका लागि उपसमिति गठन

नेकपा मोरङको चियापानका लागि उपसमिति गठन

३ कात्तिक, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा शुक्रबार आयोजना गर्न लागेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रमका लागि ५ उपसमिति गठन गरेको छ । मंगलबार मुल समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा जिल्ला पार्टी कार्यालयमा छलफल गरी विभिन्न पाँच उपसमिति गठन गरिएको नेकपा नेता पर्शुराम बस्नेतले जानकारी दिए ।

चियापानका लागि पर्शुराम बस्नेतको संयोजकत्वमा १५ सदस्यीय मन्च ब्यबस्थापन तथा अतिथी सत्कार उपसमिति ,विमला घिमिरेको संयोजकत्वमा १५ सदस्यीय खाद्यान्न व्यवस्थापन उपसमिति, रविन थापाको संयोजकत्वमा १ सय १ सदस्यीय स्वयमसेवक मूल ब्यबस्थापन उपसमिति,गोकर्ण घिमिरेको संयोजकत्वमा १५ सदस्यीय स्वागत उपसमिति र सुशील रिजालको संयोजकत्वमा १५ सदस्यीय ट्राफिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा पार्टीअध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र स्कूल विभाग प्रमुख तथा रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुने नेकपा मोरङले जनाएको छ । पार्टी एकता प्रक्रियाका कारण लामो समयदेखि कार्यकर्ताहरु प्रशिक्षित हुन नपाइरहेकोले शुभकामना आदनप्रदानकै सन्दर्भमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने नेकपा मोरङको तयारी छ ।

शुभकामना आदनप्रदान कार्यक्रममा न्युनतम ५ हजार कार्यकर्ताहरु सहभागी गराउने तयारी रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.