Nepal Times
Nepal Times
3
Shares

नेपालबाट लिबर्टी फिल्म फेस्टिवलमा विकल्पको भिडियो मनोनित

नेपालबाट लिबर्टी फिल्म फेस्टिवलमा विकल्पको भिडियो मनोनित

११ कात्तिक, विराटनगर ।

नेपालबाट विकल्प एन अल्टरनेटिभको मोटरसाइकल लाईसेन्सको भिडियो लाईट क्यामेरा लिबर्टी फिल्म फेस्टिवल अवार्ड २०२० (Light Camera Liberty Film Festival Award 2020 ) अन्तर्राष्ट्रिय प्रतियोगिताको छनौटमा पर्न सफल भएको छ ।

छनौटमा पाँच वटा भिडियोलाई फाइनालिस्टको रूपमा राखिएको छ । नेपालबाट विकल्पको मोटरसाइकल लाइसेन्स भिडियो बाहेक Center for Anti-Authoritarian Studies (Serbia) को Right to Work नामको भिडियो ,Free the People (America) को How to Love Your Enemy नामको भिडियो, त्यसैगरी Libertad y Progreso (Argentina)को Fables for Liberty र Pacific Legal Foundation(America) काे Seize This House नामक ५ वटा भिडियोहरू एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । उक्त भिडियोको विजेताको छनौट ५० प्रतिशत अडियन्स भोट बाट तय गरिने छ भने, ५० प्रतिशत भिडियोको कथाको सार, प्रभाव, गुणस्तर र प्रस्तुतिको आधारमा निर्धारण गरिने छ ।

विजेताले १० हजार अमेरिकी डलर पाउने छन् भने भोट गर्ने अन्तिम मिति कार्तिक २५ गते, सोमबार ९ बजेर ४४ मिनेट सम्म खुल्ला रहने छ । भोट गर्नको निम्ति https://forms.gle/qgTJq6VdF8PaLcxM6 को प्रयोग गर्न सकिने छ ।

विकल्पको मोटरसाइकल लाइसेन्सको भिडियोमा मोटरसाइकलको लाइसेन्स लिन सर्वसाधारणलाई कति सास्ती छ र यसले आम मानिसहरूको जीविकोपार्जनमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा देखाईएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=QR78IOLGV08[/embedyt]

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.