Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोरोनाबाट एकैदिन ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

नेपालमा कोरोनाबाट एकैदिन ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

२८ साउन, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पुष्टि गरेको हो ।

काठमाडौं टेकुकी एक महिला, धादिङका एक पुरुष, जनकपुरका एक पुरुष र एक महिला, सप्तरीका एक पुरुष, मोरङ बुढीगंगाका एक पुरुषको मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुका एक पुरुष, बाराका एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । विराटनगरमा १२ सहित प्रदेश १ मा बुधबार ४८ जना संक्रमित थपिएका छन् ।

यो संगै प्रदेश १ मा संक्रमितको संख्या पुग्यो १ हजार ६ सय ११ पुगेको छ भने १ हजार १८ जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घन्टामा देशभरमा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.