Nepal Times
Nepal Times
3
Shares

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

८ मंसिर, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना काेराेना संक्रमण मुक्त भएका छन् । याे सँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

त्यस्तै थप १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल १८ हजार ८ सय ८४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म १ हजार ३ सय ३७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.