Nepal Times
Nepal Times
3
Shares

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १४ जनाकाे मृत्यु

११ कात्तिक, काठमाडौँ ।

पछिल्लाे २४ घण्टामा नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जनाकाे मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ भने ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ ।

हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.