Nepal Times
Nepal Times
3
Shares

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु

१० भदौ, काठमाडौँ ।
नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षिया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षिय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षिय पुरुष, काठमाडौंमा काठमाडौं ५१ वर्षिय पुरुष र बारामा ४१ र ४६ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७५पुगेको छ ।

आज ८ सय भन्दा बढीमा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भएका १३ हजार २ सय ५३ वटा परीक्षणमा ८ सय ८५ जनामा संक्रमण देखिएको हो । जसमा २ सय ९९ जना महिला र ५ सय ८६ जना पुरुष रहेका छन । काठमाडौं उपत्यकामा मात्रै ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा मात्र २ सय ३०, ललितपुर जिल्लामा मा ४७ र भक्तपुर जिल्लामा मा २४ जनामा संक्रमण पुष्टि भएको छ । आजसम्म ६ लाख ३५ हजार २ सय ५२ जनाको पीसीआर परीक्षण भएको छ ।

आज ३ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन ।

आज देशभरी सक्रिय संक्रमित १४ हजार ७ सय ९९ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ६२, प्रदेश नम्बर २ मा १ हजार ८ सय ८१, बागमती प्रदेशमा ३ हजार ३९ र गण्डकी प्रदेशमा ३ सय ८७ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९४, कर्णाली प्रदेशमा ३ सय ५४ र सुदूरपश्चिम प्रदेशमा ९ सय ९४ गरी जम्मा ८ सय ७ सय ११ जना संस्थागत आइसोलेसनमा रहेका छन । आज १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा १४ जना उपचाररत रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय २२, प्रदेश नम्बर २ मा ३ हजार ६ सय ७५, बागमती प्रदेशमा १ हजार ४ स ९९ र गण्डकी प्रदेशमा १८ जना रहेका छन यस्तै प्रदेश नम्बर ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ३३ जना गरी होम आइसोलेसनमा ६ हजार २८ जना रहेका छन ।

क्वारेन्टिनमा ९ हजार ८ सय ३२ जना रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५६, प्रदेश नम्बर २ मा ९ सय ६८, बागमती प्रदेशमा ७ सय ६६ र गण्डकी प्रदेशमा २ हजार ३ सय ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ९९, कणर्ाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ८६ जना रहेका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.