Nepal Times
Nepal Times
3
Shares

नेपालमा ९० प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज

नेपालमा ९० प्रतिशत कोरोना संक्रमित संक्रमण मुक्त भई डिस्चार्ज

८ मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्यामा उल्लेख्य सुधार हुँदै ९० प्रतिशत बढी निको भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९० दशमलव ३४ प्रतिशत संक्रमित निको भएका छन्।

देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्यु भएको छ।

विश्वमा भने झन्डै ६ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयले उल्लेख गरेको तथ्यांकमा विश्वमा हालसम्म ५ करोड ८५ लाख ८ हजार २ सय ७१ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोमा ४ करोड ४७ लाख ३ हजार ८ सय २१ जना निको भएका छन्। अर्थात विश्वमा संक्रमणमुक्त हुनेको दर ६९ दशमलव २ प्रतिशत छ।

यो हेर्दा नेपालमा संक्रमितको निको हुने दर विश्वभरको निको हुने दरभन्दा निकै राम्रो देखिएको छ।

पछिल्लो समय नेपालमा परीक्षण दर भने घटेको छ। आइतबार जम्मा ८ हजार ३२ जनाको परीक्षण गरिएको छ। ताकि मन्त्रालयले दैनिक परीक्षण क्षमता २६ हजार रहेको दाबी गर्दै आएको छ।

आइबार ८ हजारको परीक्षण गर्दा एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.