Nepal Times
Nepal Times
3
Shares

नेपालले जित्यो त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

नेपालले जित्यो त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

११ बैशाख, काठमाडौ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै उपाधि हात पारेको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले नेदरल्यानड्सविरुद्ध हालसम्मकै ठूलो अन्तरमा जित हासिल गरेको हो । यसअघि, नेपालले भुटानलाई १४१ रनले हराएको थियो । नेपालले दक्षिण एसियाली खेलकुद सागमा भुटानललाई पराजित गरेको थियो ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा पुरै विकेट गुमाएर ९६ रनमै समेटियो ।

नेदरल्याण्डका लागि म्याक्स ओडाडउडले २० रन जोडे । टाविस भिसा २ रनमै आउट भए । बिन कपुरले ७, बास डे लिडाले १, स्कट इड्वार्डले ५ रन जोडे । यस्तै, एन्टोन्युस स्टाल शून्यमै आउट भए । पिटार सेलारले १३, सेबस्टियान ब्राटले २६, पल भ्यान मिकिरनले ५, फिलिपे बोइसरिनले ७ र भिभिन किंगमाले ४ रन जोडे ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । कमलसिंह ऐरी र सन्दीप लामिछाने समान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.