Nepal Times
Nepal Times
3
Shares

नेपालले फेब्रुअरी दोसो साता कतारसँग टि२०आई सिरिज खेल्ने

नेपालले फेब्रुअरी दोसो साता कतारसँग टि२०आई सिरिज खेल्ने

१३ माघ, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेब्रुअरी दोसो सातामा कतारसँग तीन टि२० आई सिरिज खेल्ने भएको छ । कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेका निमन्त्रणालाई स्वीकार गर्दै नेपालले टि२० सिरिज खेल्ने निर्णय लिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले फेब्रुअरी ९ मा कतारसँग पहिलो खेल खेल्नेछ । दोस्रो खेलमा नेपालले फेब्रुअरी १० मा खेल्नेछ । तेस्रो तथा अन्तिम खेल फेब्रुअरी १२ मा खेल्नेछ । नेपालले ११ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक मार्चमा थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० प्रतियोगिता खेलेको थियो ।

क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा सञ्चालन गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोर पछिल्लो समय प्रधनमन्त्री कपको प्रदर्शन नियाल्दै लगातर मैदानमा रहँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.