Nepal Times
Nepal Times
3
Shares

नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

१३ फागुन, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्स नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षकको लागि प्रस्ताव गरेको थियो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा छन् । उनले सन् २०१४ देखि सन् २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा काम गरेका थिए ।

गत वर्ष पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला फुटबल टिमको प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए । त्यसयता प्रशिक्षक पद खाली थियो । हरि खड्का भने हाल एन्फाको महिला फुटबल विभाग प्रमुख छन् ।

यसैगरी अब बन्द रहेको महिला टिमको प्रशिक्षण क्याम्प छिट्टै सुरु हुने र खेलाडीलाई साफ वुमन्स च्याम्पियन्ससिप र एएफसी वुमन्स एसियन कप क्वालीफाइयर्सका लागि तयार गरिने एन्फाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.