Nepal Times
Nepal Times
3
Shares

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघको निलम्बन फुकुवा

२८ असोज, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ ।

सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । तर, आईसीसीले शर्तहरु भने खुलाएको छैन । आईसीसीले २०१६ मा नेपाललाई निलम्बन गरेको थियो । यो निलम्बनपछि आईसीसीकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको थियो । आईसीसीले जिम्बाब्वेको पनि निलम्बन हटाएको छ ।

आईसीसी बोर्ड बैठकले महिला क्रिकेटको उपाधि बढाएको छ । अब अर्काे वर्ष अष्ट्रेलियामा हुने प्रतियोगिताको विजेताले एक मिलियन र उपविजेताले ५ लाख डलर पाउनेछन् । यो २०१८ को विजेताले पाएकोभन्दा पाँच गुणा बढी हो । साथै २०१८ को तुलनामा २०२० को पुरस्कार रकम समग्रमा ३ सय २० प्रतिशत बढेको आईसीसीले जनाएको छ ।

बैठकले यू–१९ महिला विश्वकप आयोजना गर्ने निर्णय गरेको छ, जुन २०२१ मा बंगलादेशमा हुनेछ । आईसीसी बोर्ड बैठकले एसिसिएट सदस्यहरुका लागि २०२० मा ३० दशमलव ५ मिलियन फण्ड छुट्याएको छ । यो २०१९ को भन्दा करिव १२ प्रतिशत बढी हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.