Nepal Times
Nepal Times
3
Shares

नेपाल टेलिभिजनले यस वर्ष भित्रै अंग्रेजी च्यानल ल्याउने

नेपाल टेलिभिजनले यस वर्ष भित्रै अंग्रेजी च्यानल ल्याउने

२० माघ, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग जोडिएका संस्थाहरुमा अनुसन्धान र विकासका कामहरु कमजोर रहेको बताएका छन्। नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनमा पनि अनुसन्धान गरेर कार्यक्रमहरु उत्पादन गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारसँग जोडिएका सबै संस्थामा अनुसन्धान र विकास सम्बन्धमा कमजोर रहेको उल्लेख गर्दै नेपाल टेलिभिजनमा पनि यसको अवस्था कमजोर रहेको बताए । उनले टेलिभिजन स्थापना भएको हिसाबले पहिलो टेलिभिजन भएपनि कार्यक्रम उत्पादन र जनताको रोजाईमा पहिलो हुनुपर्ने चुनौति रहेको बताए । त्यसका लागि दक्ष जनशक्ति अर्थात अनुसन्धन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उनले बताए ।

उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिति लगायतका संस्थाहरु सरकारी संस्था नभई जनता र राज्यको सम्पत्ति भएको बताए । उनले विश्व समुदायमा नेपाल सम्बन्धी जानकारी लिन अन्य समाचार च्यानलहरुलाई माध्यम बनाएको पाइएको भन्दै त्यसको अन्त्य गर्न अंग्रेजी माध्यमको विश्व समाचार च्यानल ‘एनटिभि वल्र्ड’ यसै आर्थिक वर्ष भित्रमा नितिगत र व्यवस्थापकीय रुपमा सञ्चालनमा ल्याउने समेत बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.