Nepal Times
Nepal Times
3
Shares

नेपाल पुलिस रारा गोलडकप फुटबलको फाइनलमा प्रवेश

नेपाल पुलिस रारा गोलडकप फुटबलको फाइनलमा प्रवेश

२८ फागुन, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले १८औं संस्करणको आहा रारा गोलडकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

साविक विजेता रुस्लान थ्री स्टारलाई ३(० गोल अन्तरले हराउँदै पुलिस उपाधि भिडन्तमा पुगेको हो । पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरे ।

पोखरा रंगशालामा बुधबार भएको खेलमा पुलिसका कप्तान भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । पुलिसले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ‌।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.