Nepal Times
Nepal Times
3
Shares

नेविसंघको प्रदर्शनःशैक्षिक संस्थामा राजनीतिक भागबण्डा बन्द गर्नु पर्ने

नेविसंघको प्रदर्शनःशैक्षिक संस्थामा राजनीतिक भागबण्डा बन्द गर्नु पर्ने

१५ भदौ,काठमाडौँ ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा गरिने नियुक्ति बन्दको माग राख्दै प्रदर्शन गरेको छ ।

राजनीतिक भागबण्डाको आधारमा नभएर प्रतिस्पर्धाका आधारमा पदाधिकारी चयनका लागि दबाब दिन नेविसंघले आइतबार दिउँसो प्रदर्शन गरेको हो । माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्ला–कार्ड बोकेका थिए । दलीय भागबण्डाले विश्वविद्यालयको शैक्षिक वातावरण धमलिएको र व्यापारिक अखडा बनेको भन्दै नेविसंघले खबरदारी र्याली निकालेको विद्यार्थी नेता नवराज त्रिपाठीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.