Nepal Times
Nepal Times
3
Shares

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति

१८ साउन काठमाडौं ।
सरकारका न्यूनतम साझा कार्यक्रम तय भएपछि मन्त्रिपरिषद विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको छ । सोमबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको हो ।

शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको छ ।’ प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ ।

सोमबार छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए ।

सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.