×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकार पुर्नवहालीको माग गर्दै पत्रकार महासंघ आन्दोलित

१३ आश्विन २०७६

१३ असोज, काठमाडौँ ।
नेपाल पत्रकार महासंघले रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ । नेपाल पत्रकार महासंघको आह्वानमा सोमबार रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरुको तत्काल पुनर्वहाली गर्न सरकारसँग माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा धर्ना दिइएको हो ।

१० वर्षसम्म रेडियो नेपालमा कार्यरत पत्रकारहरुको पुनर्वहालीको माग गर्दै सडक आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । महासंघले सरकारले तत्काल आफूहरुको सो मागको सुनुवाई नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए । अध्यक्ष आचार्यले न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू गराउन पनि सरकारलाई पटकपटक सचेत गराए ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलबाट बर्खास्त गरिएका डोटीका पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरको पुनर्वहाली गर्न सरकारसँग माग गर्दै रेडियो नेपाल, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले पनि आन्दोलन गर्दै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top