Nepal Times
Nepal Times
3
Shares

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

१२ मंसिर, काठमाडौं ।

नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले राखेकाे यो प्रस्तावलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् । अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले भने त्यसकाे विरोध गरेका छन् ।

रावललाई जवाफ दिँदै ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको बताए । ‘सहमति हुन नसकेको ठाउँमा निर्वाचन हुन्छ । कोही साथीहरु सहमतिमा तयार हुनुहुन्न र म यो पदमा पुग्छु भन्नुहुन्छ भने पाइन्छ,’ उनले भने, ‘भीम रावलजीले म अध्यक्षमा उठ्छु, म फिर्ता लिन्न भन्नुभयो । मनोनयन नै गर्नुभएको छैन के को फिर्ता लिने ? मनोनयन गर्नुभयो भने फिर्ता लिने नलिने गर्नुहोला ।’

ओलीले कसैको अधिकार नखोसिने र कुनै विधान नमिचिने भन्दै अधिकारको उपभोग गर्न पाइने बताए । उनले आइतबार १० बजे सुरु हुने बन्दसत्रमा आफूले पदाधिकारी र कमिटीमा रहनेहरुको नाम प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान समेत आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.