Nepal Times
Nepal Times
3
Shares

पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

पर्यटकसँग घुस लिएको आरोपमा प्रहरीसहित २ जना पक्राउ

६ असोज, रुपन्देही ।

पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीमा एकजना प्रहरीसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ८ जना भारतीय पर्यटकसँग पाँच सय भारतीय रुपैयाँका दरले ४ हजार घुस लिएको आरोपमा प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियामा रहेको गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता पक्राउ परेका हुन् ।

उनीहरुले भारतीय पर्यटकलाई नेपाल भारत सीमा नाका बन्द रहेकोले नेपाल प्रवेश गर्न बसका कर्मचारीलाई घुस खुवाउनु पर्छ भन्दै रकम मागेका थिए ।

पशुपती दर्शनका लागि नेपाल आउन लागेका ती पर्यटकले नेपाल प्रवेश गरेर उजुरी गरेपछि लोहार र गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.