Nepal Times
Nepal Times
3
Shares

पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

३० जेठ, स्याङ्जा ।

पहिरो गएपछि आइतवार बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ । स्याङ्जा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो ।

केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ ।

भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङ्जा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.