Nepal Times
Nepal Times
3
Shares

पार्टी एकताका लागि हाम्रो अडान यथावत् छ : नेता नेपाल

पार्टी एकताका लागि हाम्रो अडान यथावत् छ : नेता नेपाल

३१ बैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरू पुरानै अडानमा यथावत् रहेको बताएका छन् ।

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भए पनि पार्टीको मोडालिटीबारे भने टुङ्गो लागिनसकेको बताए ।

उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गएको फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफूहरूको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए ।

उनले भने , ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटमलाइन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवम् केपी शर्मा ओली सहमत हुनुभएको छ ।

पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताको आवश्यकता पर्ला । छलफल गरेर टुङ्ग्याउने छौँ ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.