Nepal Times
Nepal Times
3
Shares

पीएम कपः एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो

पीएम कपः एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो

८ माघ, काठमाडौँ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले दिएको एक सय सात रनको लक्ष्य एपीएफले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै पूरा ग¥यो । एपीएफका लागि आशिफ शेखले ७८ रन बनाए । गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै एक सय ६ रन मात्रै बनाउन सक्यो । गण्डकीका लागि समीर कँडेलले ३६ रन बनाए । एपीएफका कमल ऐरीले चार विकेट लिए ।

यो जितसँगै समूह ’ए’ को एपीएफले दुई खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

गण्डकीको भने यो तेस्रो हार हो । गण्डकी चार खेलमा दुई अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.