Nepal Times
Nepal Times
3
Shares

पीएम कप टि-२०को फाइनल खेल जारी; पुलिसलाई एपिएफको मध्यम लक्ष्य

पीएम कप टि-२०को फाइनल खेल जारी; पुलिसलाई एपिएफको मध्यम लक्ष्य

५ माघ, काठमाडौँ । तल्लोक्रमका ब्याटर अमरसिंह राउटेलाको राम्रो अन्त्यमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबलाई १ सय ५८ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १९.५ ओभरमा १ सय ५७ रनमा अल आउट भयो । एपिएपफका अमरसिंह राउटेलाले तल्लोक्रममा १५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक २९ रन बनाए । लोकेश बमले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडे ।

तीव्र गतिका बलर गुलशन झाको दोस्रो ओभरको दोस्रो बलमा ओपनर आसिफ शेख एज लागेर विकेटकिपर दीलिप नाथबाट ९ रनमा क्याच आउट भए । स्पिनर सागर ढकालले अन्तिम बलमा प्रदीप ऐरी ७ रनमा बोल्ड आउट गर्दा एपिएफ ४३–२ को अवस्थामा थियो ।

दीपेन्द्र सिंह ऐरीको पाँचौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बम लङअनमा अनिल शाहबाट २७ रनमा क्याच आउट भए । सागरको चौथो ओभरको चौथो बलमा लोकेशले ब्यक्तिगत २६ रनमा जीवनदान पाएका थिए ।

डिप विकेटमा गुलशन झा ले सहज क्याच ड्रप गरेका थिए । सागरको छैटौं ओभरको अन्तिम बलमा दीपक बोहरा स्लिपमा ६ रनमा आरिफ शेखबाट क्याच भएपछि एपिएफले खराब सुरुवात गरेको थियो ।

दीपेन्द्रको बलमा पुरन विक शून्यमा आरिफ शेखबाट क्याच भएपछि ६.२ ओभरमा एपिएफ ६२–५ को अवस्थामा पुगेको थियो ।

कप्तान शरद भेषावकरले २५ बलमा १ चौकासहित १९ रनमा आउट भए । १०४–७ को अवस्थामा पुगेको एपिएफलाई भुवन कार्की र अमरले ४२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । भुवन २२ बलमा १ चौकासहित १७ रनमा क्याच आउट भए । किशोर महतोले ८ र अभिनाश बोहराले १ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले ३.५ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १–१ विकेट लिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.