Nepal Times
Nepal Times
3
Shares

पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

९ बैशाख, काठमाडौ । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाइनलमा एन्जर्सलाई ५–०ले पाखा लगाउँदै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो ।

पीएसजीलाई फराकिलो जित दिलाउन माउरो इकार्डीले ह्याट्रिक गोल गर्दा नेयमारले एक गोल गरे । यस्तै, एक गोल आत्मघाती उपहार पाएको थियो ।

एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए ।

इकार्डीले खेलको नवौं, ६८ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै, २३ औं मिनेटमा एन्जर्सका भिन्सेन्टले आत्मघाती गोल गरेका थिए भने ६५ औं मिनेटमा नेयमारले गोल गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.