Nepal Times
Nepal Times
3
Shares

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विद्यार्थीद्वारा विरोध, प्रधानमन्त्रीको पुत्लादहन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विद्यार्थीद्वारा विरोध, प्रधानमन्त्रीको पुत्लादहन

६ माघ, काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ ।

पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.