Nepal Times
Nepal Times
3
Shares

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको मृत्यु, यात्रु घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा चालकको मृत्यु, यात्रु घाइते

८ मंसिर, पोखरा ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन्  साेमबार फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ । यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन् ।

दुघर्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएकोमा टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृत घोषणा गरे ।

ल्याण्डिङ एरियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए । डीएसपी हमालका अनुसार छाती र खुट्टामा चोट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.