Nepal Times
Nepal Times
3
Shares

पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आगामी २८ गतेबाट सुरु हुने, पहिलो खेलमा पोखरा र काठमाण्डौले प्रतिस्पर्धा गर्ने

पोखरा प्रिमियर लिगको दोस्रो संस्करण आगामी २८ गतेबाट सुरु हुने, पहिलो खेलमा पोखरा र काठमाण्डौले प्रतिस्पर्धा गर्ने

२५ मंसिर, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल यही २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ, जसमा विराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै साढे १२ बजे हुने खेलमा काठमाण्डौ गोल्डेन्स र बुटवल ब्लास्टर्स खेल्नेछन् ।

तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । यस्तै चौथो दिन काठमाण्डौ गोल्डेन्स र धनगढी ब्लुजबीच खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन खेल्नेछन् ।

प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.