Nepal Times
Nepal Times
3
Shares

प्याजमा कालोबजारी सुरु

प्याजमा कालोबजारी सुरु

काठमाडौँ : भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।

सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।

सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए ।, यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.