Nepal Times
Nepal Times
3
Shares

प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

प्युठानमा थप ७ सैनिक जवानमा कोरोना पुष्टि

२७ साउन, दाङ ।
घर विदा सकेर क्याम्प फर्किएका सैनिक जवानमा कोरोना पुष्टि भएको छ।

मंगलबार गरिएको स्वाव परिक्षणमा थप ७ जना सैनिक जवानमा कोरोना पुष्टि भएको हो। यसअघि सोमबार १४ जना सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको थियो। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा मंगलबार कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।

७ जना सैनिक जवान र तीन जना अन्य व्यक्ति गरी थप १० जनामा कोरोना पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्।

जसमध्ये एकजना माण्डवी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले जानकारी दिए। प्युठानमा सक्रीय संक्रमित ३८ जना भएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.