Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीले दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीले दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने

१९ फागुन, काठमाडौँ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता पर्वतर्तन गर्ने एजेन्डा तय गरेको छ। यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।

स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

तर, पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई निर्वाचन आयोगले मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो।

केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ।

सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई सर्कुलर गरेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.