Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–नेपाल समूह र जसपाका नेताहरुबीच सत्ता साझेदारीबारे छलफल

प्रचण्ड–नेपाल समूह र जसपाका नेताहरुबीच सत्ता साझेदारीबारे छलफल

१३ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच पनि छलफल भएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड–नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ।

प्रतिनिधिसभामा दुईजना निलम्बितबाहेक जसपाका ३२ जना सांसद रहेका छन् । छलफलका क्रममा संविधानमा पहिलेदेखि आफूहरुले नै राख्दै आएका असन्तुष्टिका मुद्दाहरुबारे पनि छलफल भएको वरिष्ठ नेता महतोले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.