Nepal Times
Nepal Times
3
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

८ माघ, काठमाडौँ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको अर्को सुनुवाइ हेर्दाहेर्दैमा शुक्रवार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदक तर्फका कानुन व्यवसायीको बहस जारी रहेकाले हेर्दाहेर्दैमा अर्को सुनवाइ शुक्रवार हुने भएको हो ।

रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अधिवक्ता टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, रिट निवेदक समृद्ध खरेललगायतले संविधानको मनसाय विपरीत प्रधानमन्त्रीले अन्य मुलुकको संसदीय अभ्यासलाई देखाएर प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए।

बहसमा कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय राजपत्रमा सूचना प्रकाशित नभएको विषय उठाएपछि इजलासले सरकारी पक्षसँग राजपत्रको सूचना समेत मगाएको छ ।

संवैधानिक इजलासमा भइरहेको आजको बहस पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाइ गरिरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.