Nepal Times
Nepal Times
3
Shares

प्रदेश मन्त्री भन्छन् –‘ समृद्धिको अवस्था कमजोर’

प्रदेश मन्त्री भन्छन् –‘ समृद्धिको अवस्था कमजोर’

१९ मंसिर, काठमाडौँ ।

प्रदेश मन्त्रीहरुले पूराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको बताएका छन् । समृद्धि र विकासबारे आज काठमाडौंमा आयोजित ‘आर्थिक समृद्धि र राजनीति’ सम्बन्धी कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सरकारले पूराना परियोजनालाई व्यवस्थित रुपले प्रयोगमा ल्याउन नसकेको बताए ।

उनले विकास निर्माण र आर्थिक समृद्धिका लागि राजनीतिज्ञहरुले दुरगामी दृटिकोण राख्न नसकेको समेत बताए । उनले पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको समेत बताए ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक विकासका लागि नेपालको हावापानीको आधारमा कृषि उत्पादनलाई बढाउनुपर्ने बताए । उनले कामको अवसर र उत्पादनको अत्याधिक सम्भावनालाई छाडेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गरे मात्र विकास सम्भव रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले संघीय सरकार, प्रदेश र स्थानीय तहले पहिलो वर्षमा विकासको आधार निर्माण गरेकाले देशको आर्थिक वृद्धिदर ७ प्रतिशत पुगेको बताए । उनले कृषि, पर्यटन लगायतका क्षेत्रमा सकारात्मक परिणामहरु देखापरेको बताए ।

कार्यक्रममा सहभागीहरुले असल नागरिक उत्पादन गर्ने क्षमता राजनीतिज्ञहरुसँग नभएकाले विकास निर्माणले गति लिन नसकेको बताए । त्यस्तै कार्यक्रममा आर्थिक विकास र समृद्धिका विषयमा राजनीतिक रुपमै शिक्षा फैलाउनुपर्नेमा जोड दिइएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.