Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ मा कानुन मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

प्रदेश २ मा कानुन मन्त्री यादवले लगाए कोरोनाविरुद्धको पहिलो खोप

१४ माघ, जनकपुर ।
प्रदेश २ मा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् ।

बुधबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा मन्त्री यादवले कोरोनाविरुद्धको खोप लगाएर अभियानको सुरुवात गरेका हुन् ।

कोरोनाविरुद्धको खोपले साइड इफेक्ट नगर्ने सन्देश दिन आफूले नै खोप लगाएर अभियानको सुरुवात गरेको मन्त्री यादवले बताए । प्रदेश २ मा वीरगञ्ज र राजविराजमा समेत खोप अभियान सुरु भएको छ ।

वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गरेका छन् । तर, मुख्यमन्त्री राउत र मन्त्री साहले खोप भने खोप लगाएनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.