Nepal Times
Nepal Times
3
Shares

प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्रीको संघीय सरकारसँग माग

प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्रीको संघीय सरकारसँग माग

१५ जेष्ठ, काठमाडौं । प्रदेश २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले माग गरेका छन् ।

कोरोना विरुद्धको लडाईंका लागि विशेष प्याकेज उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत मुख्यमन्त्री राउतले माग गरेका हुन् ।

उनले भारतसँगको खुला सीमानाका कारण भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री राउतले लक डाउनका कारण दैनिक जिवन यापनमा समस्या भोगी रहेका नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेपनि लकडाउन थपिदै जाँदा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउनु चुनौतीपूर्ण रहेकोले संघीय सरकारबाट कार्यक्रम आउनुपर्ने बताए।

उनले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरे पनि भिटिएम किटको अभावमा परिक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.