×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा फैलियो

२१ कार्तिक २०७७

वीरगञ्ज : सामाजिक सञ्जालमा राखिएका तस्बिर भिडियो जस्ता कुरामा सत्य नबुझी धेरैले कमेन्ट र शेयर गर्छन् । यसो गर्दा कानुनी रुपमा अपराध ठहरिन्छ वा अरुकाे मानमर्दन हुन्छ भन्ने हेक्का धेरैलाई हुँदैन भन्ने कुराको एउटा उदाहरण तत्कालीन राजा वीरेन्द्रसँग एक व्यक्तिले टीका थाप्दै गरेको तस्बिर थियो ।

सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टीकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह हुनुहुन्छ । उहाँ आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा छैन ।

बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताएपछि उहाँले थाहा पाउनुभयो । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताउनुभयो ।

आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताउनुभयो । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भन्नुभयो । साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुनुहुन्छ भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्नुहुन्छ ।

को हुन् त जनकलाल साह ?

तत्कालीन अलौ गाउँपञ्चायत वडा नम्बर ६ बजारटोलमा २०२४ साल चैत १ गते साह जन्मिनुभएको थियो । २०४६ सालमा भारतको पटनामा रहेको पिएमसीएच मेडिकल कलेज अन्तर्गतको सब्जीबागमा रहेको साईन्स कलेजमा ईलेक्ट्रोनिक्स ईन्जिनियरिंग अध्ययन गर्दै गर्दा नेपालमा प्रजातन्त्र बहाली भएको खबर पाएपछि नेपाल फर्किएको बताउने साहले २०५१ सालको दशैको टीकाको दिन साँझ ७ बजेर ३५ मिनट जाँदा राजा वीरेन्द्रको हातबाट टीका थापेको बताउनुभयो ।

त्यस दिन आफूले राज वीरेन्द्रसँग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि पर्सिपल्ट ११ बजे भेटने अवसर पाएको दाबी गर्नुहुन्छ । राजा वीरेन्द्रसँग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउनुहुन्छ ।,यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top