Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री ओलीद्वारा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

९ बैशाख, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।

नेकपाको स्थापना दिवसको अवसरमा बिहीबार बिहान प्रधानमन्त्री ओलीले मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् ।

१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक नयाँ केन्द्रीय कार्यालय भवनको डिजाइन तयार भइसकेको र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।

२०७२ सालमा गएको भूकम्पले बल्खुस्थित एमाले कार्यालय भवनमा क्षति पुगेको थियो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.