Nepal Times
Nepal Times
3
Shares

प्रधानमन्त्री ओली डिस्चार्ज, १० दिनमा २ लाख ५५ हजार खर्च

प्रधानमन्त्री ओली डिस्चार्ज, १० दिनमा २ लाख ५५ हजार खर्च

१९ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रम ओलीलाई चिकित्सकहरूले ’केही दिन आराम गर्ने सुझावसहित’ निवास फिर्ता पठाइएको जनाइएको छ ।

मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीकोे सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई शल्यक्रियापछि आइसियुमा राखिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन् ।

मिर्गौलामा समस्या देखिएको बेलामै अपेन्डिसाइटिस र पेटको सङ्क्रमण भएपछि उनको शल्यक्रिया गरिएको थियो । मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ । सघन उपचार गर्ने क्रममै उनको हेमोडायालिसिस पनि गरिएको थियो । उनको फेरि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको बताइन्छ। तर पेटको शल्यक्रिया गरिएकाले त्यसका लागि केही समय लाग्ने देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार ओलीले केही दिन बालुवाटारमै आराम गर्नेछन् । डिस्चार्ज हुनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएकी थिईन् । प्र्रधानमन्त्रीको उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । प्रधानमन्त्रीलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको श्रेष्ठको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.