Nepal Times
Nepal Times
3
Shares

प्रहरी हुँ भन्दै व्यापारी धम्काउने पक्राउ

प्रहरी हुँ भन्दै व्यापारी धम्काउने पक्राउ

११ भदौ, कपिलवस्तु ।

इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

बाणगंगा नगरपालिका–४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका–१० भगवानपुरका २५ वर्षीय आसिक अलि मुसलमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

मुसलमानले आफू घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई धम्काउने, पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । केही महिनादेखि प्रहरी हु भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.